Ads
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

Recently Lyrics

कोहि छैन् कोहि छैन्

येशू बाहेक कोहि छैन्

तिमी मलाई जीवन दिने, 

(पापबाट छुटाई दिनलाई) २ आह हा 

अहा आह हा हा अहा....२


(बादल जस्तै यो जीवन त उडि जाने हो,

माटोको शरिर माटौमा फेरि मिलि जाने हो) २

(उहाँ माथि विस्वास गरे) २

नाशा हुने छैन् नि लै लै

(आनन्त जीवन पाउने छ) २ आह हा आह..

हा हा हा हा हा...२


(बाटो सत्य जीवन केवल येशू ख्रीष्ट नै हुन्,

साँचो शान्ति उद्धारकर्ता केवल उनि हुन्) २

(हामीलाई जीवन दिने) २ 

येशू बाहेक कोहि पनि छैन्

उहाँ माथि विस्वास गरन, येशू माथि

_______________________________________

Lyrics & Music: Bigyan Baraily Vocal : LB Baraily Arrangements: Albert Gurung Recording: Octave Studio Album : TAPAI AAGHI

 सुन होइन चादि होइन, येशू भए पुग्छ 

संसारका थोकहरुमा धोका 

बाहेक अरु के मिल्छ? 


येशु बिन जिउने मेरो, कुनै स्रोत छैन,

ख्रीष्टमा मेरो विश्वासको, सीमान छैन | 

हामी पनि हासौंन, फुल हाँसे सरी, 

बाचौंन ख्रीष्टिया, असल जीवन शैली || 


ए साथी ए सङ्गी, छम-छमी नाचौंन 

मादलको तालमा, कमर भाचौंन |

लाने होइन केहि पनि, जाँदा मरेर

समयमै आत्मा बचाउँ, विस्वास गरेर ||


____________________________________________

Vocal: Lydia Rai
Lyrics: Bhupen Sinchuri
Music: Karma Gyalchen Bomzan 

 (सुन्‍नुहोस् मेरो बिन्ती येशू

तपाईंलाई कहिल्यै म छोड्दिन

सम्हाल्नुहोस् मेरो यी पाहिलालाई

धोका म कहिल्यै तपाईंलाई दिँदिन) २


(आदतै भयो जीउने तपाईंसँग

आदतै भयो हिँड्ने तपाईंसँग) २

बस्‍न म सक्दिनँ तपाईं बिना

जिउन म सक्दिनँ येशू बिना


(तपाईंसँग मेरो साइनो गासियो

तपाईंसँग मेरो हृदय साटियो) २

तपाईं नै मेरो भरोसा

मेरो लुक्ने ठाउँ तपाईं नै हो

ओ..ओ..ओ


(आदतै भयो जीउने तपाईंसँग

आदतै भयो हिँड्ने तपाईंसँग) २

बस्‍न म सक्दिनँ तपाईं बिना

जिउन म सक्दिनँ येशू बिना

_______________________________________________


Written | Performed | Produced: Sameer Diyali

Flute: Sidhu Ghising

Cinematography: Aman Darnal, Arpan Sewa

Music Arranging: Umang Rai & Aniesh Khaling

Studio: Mirik Darjeeling “Tab Studio”



को हुन स्वर्ग छोडी संसारमा आउनुहुने को हुन पापीहरूलाई टिठ्याउनुहुने को हुन क्रूसमा आफ्नो प्राण दिनुहुने को हुन? को हुन मृत्युबाट बौरी उठ्नुहुने को हुन महिमामा स्वर्ग जानुहुने को हुन फेरी बादलमा आउनुहुने को हुन (मण्डली भन्छ एउटै स्वरमा)२ (वहाँ येशू मुक्तिदाता हाम्रो)२ [(महिमा होस)३ येशूको]२ को हुन पापरहित जीवन जीउनुहुने को हुन शैतानको शिरलाई कुल्चनुहुने को हुन पराक्रमी युद्ध जीत्नुहुने को हुन को हुन पानीलाई दाखमद्ध बनाउनुहुने को हुन छालहरूमाथी हिड्नुहुने को हुन अनन्त जीवन दिनुहुने को हुन (मण्डली भन्छ एउटै स्वरमा)२ (वहाँ येशू मुक्तिदाता हाम्रो)२ [(महिमा होस)३ येशूको]२


______________________________________

Album - SEASONS: SUDDHIKARAN ANI JAAGARAN Written and Sung - ADRIAN DEWAN Music Arrangement - DANIEL GADA

 (आ..हा.. ल है... आ..हा..) ४


एउटा छ पुरानो बाटो सनातनको

जहाँ म हिँड्दैछु तपाइलाइ पछ्याउँदै

जीवनको नदि छेउ बिसाउने सुन्दर ठाउँ

सुन्छु बाटो यहि यसलाइ पछ्याउँदै जाऊ


शिरमा आनन्दको मुकुट लगाई

शोक अनि सुस्केरा टाढा भगाई

मेरो येशु यहि बाटो भएर आउनु हुँदैछ

(नयाँ गीतले भरिन्दैछ मन

झन बढ्दैछ हृदयको जलन) २

(आ..है...ओ.. हो..हो हो..) २


(अब मेरा दुर्बल गोडा फेरि बलियो हुँदैछ

कमजोर हात माथी उठेर स्वर्गलाइ छुँदैछ) २

आँखाले देख्दैछ तपाईंको महिमा

ओठले गाउँदैछ तपाईंको प्रशंसा

अदनको बगैंचामा जिउनलाई बोलाउनु हुँदैछ

(ठूलो शान्ती छाउँदैछ यहाँ

छैन मृत्युको कुनै छायाँ) २


एउटा छ पुरानो बाटो सनातनको

जहाँ म हिँड्दैछु तपाईंलाइ पछ्याउँदै

जीवनको नदि छेउ बिसाउने सुन्दर ठाउँ

सुन्छु बाटो यहि यसलाइ पछ्याउँदै जाऊ

(आ..हा.. ल है... आ..हा..) ४

____________________________________________


Vocal/Lyrics/Music: Ps Rohit Thapa




 



 



 



 



 


 ल ल ली ला, ला ला ला,

हे ल ली ले, ला ला ला,


(येशूको घर बनाउने समय आएको छ

स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ) २

(येसैले आऊ हात समाऊ

जीवित पथर जोडिँदै जाऊ) २

(शिर ढुङ्गो यो घरको, येशु बनिएको छ

उहाँ सँगै जोडिँदै जाने, समय आएको छ) २


(प्रशंसाको ढोका छ मनोहर

राजालाई स्वागत जनाउन

को हो उनी राजा, वैभवको

आउँछन् आफ्नो सिंहासन बसाउन) २

(सनातनको ढोका यो, हेर खोलिएको छ

उद्धारको पर्खाल यो, आज सजिएको छ) २


(हेर्न तिम्रो राजालाई, जुकेको शिरलाइ उठाऊ) २

(अल्फा र ओमेगा राज गर्ने येशू तपाईं

धार्मिकताले तपाईंको भर्नुस् यो भवनलाई) २

____________________________________________

Vocal/Lyrics: Pastor Rohit Thapa




 



 



 



 



 


(गाऊ स्वरै उचाली बजाउँदै ताली) २

हाम्रो परमेश्वरको गरौं है महिमा

 (हाम्रो दुवै हातै उचाली) २


(बाँसुरी र विणा सारङीको स्वरमा 

झ्यालीको झन्का बजाउँदै) २

हामी सबै मिलीजुली उहाँको नाउलाई

(एकै साथमा उचाली) २

                                                

(हातेमालो गर्दै नाच्दै रमाउदै 

घनघन मादल घन्काउदै) २

तनले मनले प्रशंसा गर्दै

(उहाँको नाउँलाई उचाल्दै) २

_________________________________________

Music/Lyrics/Singer: Ps Karna Tirwa


फरिया माथी चौबन्दी चोली, गाजालु आँखैमा

घुमी घुमी नाची देउन

घुमी घुमी नाची देउन नी लै लै

मादलुको समाल भाकैमा

मादलुको समाल भाकैमा 

हा हा…… हा हा.........


बादलुको माथी माथी हे लै लै,

उडी रहु जस्तो लाग्छ

बादलुको माथी माथी हे लै लै,

उडी रहु जस्तो लाग्छ हराई रहु जस्तो लाग्छ,

हराई रहु जस्तो लाग्छ नी लै लै

संगै संगै येशूको साथैमा,

संगै संगै उनै साथैमा

हा हा…… हा हा.........


अनन्तको जीवन दिने हे लै लै,

परमेश्वरको वचन राम्रो 

अनन्तको जीवन दिने हे लै लै

परमेश्वरको वचन राम्रो

अटल अनि सत्य राम्रो,

अटल अनि सत्य राम्रो नी लै लै

स्वर्ग राज्य कति रमाइलो

स्वर्ग राज्य कति रमाइलो

हा हा…… हा हा.........

__________________________________

Original Singer: Santosh Tirwa

Music/Lyrics: Ps Karna Tirwa


(आखैमा राखछु मेरो येसु, मनैमा राखछु मेरो येसु) २

(परेलीमा सजाउछु मेरो येसु) २

लालालालालाला.....


(गुराश फुल्ने पाखैमा येसुजिको छाया

छाया भित्र लुकेको छ येसुजिको माया) २

लालालालालाला.....


(जिबन भरि येसुजिको महिमा गर्न पाऊ

येसुजिको भवन भित्र आराधना गर्न पाऊ) २

लालालालालाला.....

(बतासैले उडाइ लगेछ, 

ख्रिस्टको माया समाल्दैछु) २

हे… ला… लै…

 

(येसू हिँड्ने गोरेटोमा 

अब मपनि सधैँ हिँड्ने छु) २

(बादाहरु आएता पनि 

ख्रिस्टको निम्ति अघि बढ्ने छु) २

हे... ला… लै…


(पवित्र आत्माको भर्पुर्णिमा 

गाउँ सहर जगत् गुम्ने छु) २

(ख्रिस्टको संदेश सबलाई सुनाउदै 

ख्रिस्टको निम्ति अघि बढ्ने छु) २

 हे...ला… लै…