Lyrics has been copied to clipboard!
(आ..हा.. ल है... आ..हा..) ४
एउटा छ पुरानो बाटो सनातनको
जहाँ म हिँड्दैछु तपाइलाइ पछ्याउँदै
जीवनको नदि छेउ बिसाउने सुन्दर ठाउँ
सुन्छु बाटो यहि यसलाइ पछ्याउँदै जाऊ
शिरमा आनन्दको मुकुट लगाई
शोक अनि सुस्केरा टाढा भगाई
मेरो येशु यहि बाटो भएर आउनु हुँदैछ
(नयाँ गीतले भरिन्दैछ मन
झन बढ्दैछ हृदयको जलन) २
(आ..है...ओ.. हो..हो हो..) २
(अब मेरा दुर्बल गोडा फेरि बलियो हुँदैछ
कमजोर हात माथी उठेर स्वर्गलाइ छुँदैछ) २
आँखाले देख्दैछ तपाईंको महिमा
ओठले गाउँदैछ तपाईंको प्रशंसा
अदनको बगैंचामा जिउनलाई बोलाउनु हुँदैछ
(ठूलो शान्ती छाउँदैछ यहाँ
छैन मृत्युको कुनै छायाँ) २
एउटा छ पुरानो बाटो सनातनको
जहाँ म हिँड्दैछु तपाईंलाइ पछ्याउँदै
जीवनको नदि छेउ बिसाउने सुन्दर ठाउँ
सुन्छु बाटो यहि यसलाइ पछ्याउँदै जाऊ
(आ..हा.. ल है... आ..हा..) ४
____________________________________________
Vocal/Lyrics/Music: Ps Rohit Thapa
