Lyrics has been copied to clipboard!
(लालुपाते वनैमा नयाँ आशा मनैमा फुलेछ)२
बेतलेहेमको चिसो हावा हिमाल हुँदै घर आँगनैमा डुलेछ, घर आँगनैमा डुलेछ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई)२ दु:ख पिरलाई भुलेछ मन खुशीमा झुलेछ (पुर्खाहरूले भनेको अगमहरूले कहेको पुगेछ)२ हेर कन्याले गर्भधारण गर्नेछ एउटा बालक जन्माउनेछ, इम्मानुएल भनिनेछ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई)२ ईश्वर मानिसहरूसँग, सँधैलाई हुनुहुनेछ (पूर्वबाट ज्योतिषीहरू तारालाई पछ्याउँदै आएछ)२ सुन, मुर्र बहुमुल्य भेटीहरू बालक येशूलाई चढाई, राजा घोषणा गरेछ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई)२ शान्तीको राज्य लिएर, स्वर्गको राजा आएछ (सुनसान रातमा गोठालाहरू माझ ज्योति छाएछ)२ स्वर्गदूतले येशू जन्मेको खबर तिनीहरूलाई दिएछ, स्वर्गीय दलले गाएछ (Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई)२ त्रासमा डुबेको संसारले नयाँ उमंग पाएछ नडराओ आज दाऊदको शहरमा एक मुक्तिदाताको जन्म, भएको छ जो ख्रीष्ट, प्रभु हुनुहुन्छ नडराओ अँध्यारोमा एउटा ठूलो ज्योति छाएको छ (येशू हो उनको नाउँ)२ Happy Christmas सबै सबैलाई Merry Christmas सबै सबैलाई)२ ईश्वर मानिसहरूसँग, सँधैलाई हुनुहुनेछSong Credit:
Written and Sung by ADRIAN DEWAN
Supporting Vocals by MARTHA RAI, EVAN RANA, MANITA GURUNG, PRASAN PARIYAR
Music Arranged/Guitarworks/Vocal Recorded by PRASAN PARIYAR @ Mint Audio
Mixed and Mastered by MANZIL BIKRAM KC @ Studio M
Additional Inputs by JOY DARJEE
