Lyrics has been copied to clipboard!
Chorus: (लै लै लै ख्रीष्टको जन्म भयो है )२
(लै लै लै ख्रीष्टको जन्म भयो है )२
स्वर्ग छोडी धर्तीमा (आउनु भयो है) (३)
कस्तो अपार प्रेम मलाई गर्नु भयो है (२)
मृत्यु माथि बिजय हुन आउनु भयो है
( ए दिदी.. अब आसु झार्नु पर्दैन,
हाम्रो पापको, लागि फेरी रुनु पर्दैन )२
आउनु भयो संसारमा बली हुनलाई
हाम्रा सबै पापहरु उठाई लानलाई |
संसारलाई यस्तो प्रेम गर्नु भयो है | (२)
आफ्नो एउटै पुत्रलाई (दिनु भयो है) २ |
उहा माथि विस्वास गर्ने सबै जातिलाई |
फेरी एउटा नयाँ जीवन दिनु भयो है |
( झिली-मिली... चारैतिर रमाइलो |
आउनु भयो संसारै भयो उज्यालो ) २
कति मिठो आनन्दको प्रेम गर्नुभो |
संसारको ज्योति जन्मनु भो ||
लै लै लै ख्रीष्टको जन्म भयो है | (२)
स्वर्ग छोडी धर्तीमा (आउनु भयो है) (३)
कस्तो अपार प्रेम मलाई गर्नु भयो है (२)
मृत्यु माथि बिजय हुन आउनु भयो है (3)
__________________________________________________________
Song credits:
Singer - Lydia Rai & Karma Gyalchen
Lyricist - Bhupen Sinchuri
Composer - Karma Gyalchen
