Lyrics has been copied to clipboard!
आज भोलि भरै भन्दै जीवन यहाँ अस्ताउँछ
ख्रीष्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ ।
मेरो हृदयको मूर्तिहरूलाई ख्रीष्ट हटाइ बक्सियोस्
ख्रीष्ट मेरो राजा मालिक यहाँ राज गरिबक्सियोस्,
विगत दिनहरू व्यर्थै गुमाएँ वर्तमान चड़ाउँछु
येशूको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु ।
विश्वमा सधैँ म बस्ने होइन बटुवा मात्र हुँ
यो बाटो फेरि म हिँड्ने छैन एक तीर्थयात्री हुँ
विजयी ख्रीष्टको शक्तिले सबै कर्तव्य सुल्झाउँछु
सम्पूर्ण कार्य शेष भएपछि म स्वदेश फिर्नेछु ।
_____________________________________
Music/Lyrics: John D Khawas
