Lyrics has been copied to clipboard!
(मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा)२
मलाई शून्य शून्य लाग्छ
येशू तिम्रो प्रेमविना, यो संसार
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
हुँ हुँ हुँ
यो रंगीचंगी संसार, खिंच्ने मनलाई बारबार
तर अनन्त थोकलाई,
अनन्त थोकलाई साट्दिन म त क्षणिक थोकसित
यो झिलीमिली शहर, नटुंगिने रहर
तर स्वर्गीय थोकलाई,
स्वर्गीय थोकलाई साट्दिन म त संसारिक थोकसित
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
हुँ हुँ हुँ
यो टुटिजाने प्रेम-बाचा, संसारको मित्रता
तर क्रूसको प्रेमलाई,
क्रूसको प्रेमलाई भुल्दिन म त अन्तिम साससम्म
यो बितीजाने जीवन, ओइली झर्ने यौवन,
तर येशूलाई पाएर,
येशूलाई पाई जीउँनेछु म त अनन्तकालसम्म
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
मलाई शून्य शून्य लाग्छ
येशू तिम्रो प्रेमविना, यो संसार
मलाई जान नदेऊ तिमीबाट एकपल पनि टाढा
हुँ हुँ हुँ
___________________________________________
Album: SEASONS - SUDDHIKARAN ANI JAAGARAN
Written and Sung: ADRIAN DEWAN
Music Arrangement/Mix/Master: JOY DARJEE [JD MUZIC PRODUCTION]
Acoustic Guitar: NICKY DARJEE
Vocal Recorded: SANDEEP RAI @STUDIO4ONE
