Lyrics has been copied to clipboard!
म छु महलमा, सम्राटको सेवामा तर मन मेरो खिंचिरहन्छ, यरुशलेमको पर्खालहरुले घटी छैन यहाँ केहीको मलाई तर निन्द्रा-चैन खोसिदिएको छ, यरुशलेमको पर्खालहरुले (म नहेम्याह नहेम्याह राजाको मध टकराउने, मेरो मन छैन महलमा म यरुशलेम जाने र पर्खालहरु नबनेसम्म, म खुसी हुन नसक्ने मान्छे) २ हे परमप्रभु स्वर्गका परमेश्वर, तपाई बाहेक जाने ठाउँ छैन सम्झनुहोस आफ्नो करारलाई स्वीकार्दछु म, मेरा अधर्महरु, दिनुहोस क्षमादान हामीलाई, म र मेरा पुर्खाहरुलाई (ओ यरुशलेम यरुशलेम तिमी मेरो आँसु रोदन, विश्वको हर्षको केन्द्र महान राजाको नगर तिम्रो वैभव फर्की आएको हेर्ने मेरो आत्माको रहर) २ सम्झेर भाँचिन्छ मेरो मन, उजाडिएको छ यरुशलेम, ढालिएकछन् पर्खालहरु, जलेकाछन् मूल ढोकाहरु हे परमेश्वर दिनुहोस सामर्थ, गएर गर्न सकूँ निर्माण, तपाईले छान्नुभएको ठाउँ, तपाइको आराधनाको घर (तपाइको आराधनाको घर) ४
