Lyrics has been copied to clipboard!
Lyrics:
(हेर परमेश्वरको थुमालाई संसारको पाप उठाई लैजाने हेर पापबलिको पाठोलाई तिमी र मलाई बचाउने) २ धन्यवाद होस् थुमालाई पिई नसक्ने कचौराबाट हाम्रो लागी पिउनुभो महिमा होस् थुमालाई जो मारिनुभयो, सिद्ध बलिदान दिनुभयो...दिनुभो (हेर क्रूसमाथि येशूलाई, खोला सरह रगत बहेको हेर तिम्रो रब्बी प्रभुलाई, तिम्रो ठाउँ उनले लिएको) २ परमेश्वरको न्यायलाई पूर्ण सन्तुष्ट पारी हाम्रो दोषहरु मेटाउनु भो दण्डाज्ञा अब छैन, पुनर्मिलाप सम्भव भो, अब पापको शासन सिद्धियो...सिद्धियो (बलिदानको रगत बिना पापको क्षमा सम्भव थिएन, येशू आउनुभो पाठो बनि, दिनुभो रगत हाम्रो लागी) २ कठोर हृदय तोडियोस ईश्वरको यो प्रेम अघि, हरेक शिर आज निहुरियोस, निस्तार चाडको थुमा, हाम्रो पाप बोकी लाने येशुलाई सदा महिमा होस्...महिमा होस्...
